धनगढी। नेपाली काँग्रेस कैलालीका युवा नेता तथा नेपाली जनसम्पर्क समितीका केन्द्रीय सदस्य हेमराज खत्रीले सुदुरपश्चिम सरकारले ल्याएको बजेट बाडफाडमा ठूलो त्रुटी भएको बताएका छन् ।
उनले सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० का लागि ल्याएको बजेट बाडफाडमा ठूलो त्रुटी भएको बताएका हुन्। वास्तविक आवश्यकताका आधारमा प्रदेश सरकारले बजेट ल्याउनुपर्नेमा आफन्त नातागोता भर्ती गर्ने र लेनदेनका आधारमा बजेट आएको भन्ने हाम्रो ठम्याइ छ, उनले भने।
बजेट बिना प्रक्रिया र बिचौलियाबाट आएकोले पीडितका घाउमा मलम नलाग्ने किसिमको यो बजेट आएको छ ।
झ्यालबाट बजेट पाउने र रातो किताब मा पार्ने नीति कर्मचारी र मन्त्री ज्यु को मिलोमतो कमिसन खाएर बजेट आएको आम जनताले प्रष्ट बुझेका छन।
योजना बिक्रि गर्ने कसैको अधिकार छैन यो जनताको करबाट बनेको बजेट आम जनताको आवश्यकताका आधारमा आउनुपर्छ, उनले भने। यस बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण होस र जब सम्म यस्को छानबिन टोली बन्दैन तबसम्म यो बजेट पारित गर्नु हुदैन उनले भने। साथै नेपाली काग्रेस कैलाली युवा नेता खत्रीले गलत गर्नेलाई कडा कार्बाहिको माग समेत गरेका छन् ।