कञ्चनपुर। कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका(७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्याउँदा मृत्यु भइसकेको थियो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए । उनलाई सडक पार गर्दै गर्दा वेदकोट-७ स्थित पूर्वपश्चि राजमार्गमा बसले ठक्कर दिएको बताइएको छ।
बस चालक भीमदत्त नगरपालिकाको वनगाउँका ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले बताए।यस्तै यता कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गमा तनाव भएको छ। आक्रोशित स्थानीयले बेदकोट नगरपालिका–७ डाउना होटेल नजिक चक्काजाम गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले मृतका आफन्तलाई क्षतिपूर्तिसँगै दोषीलाई कारबाहीको माग गरेका छन्।