धनगढी। धनगढीमा लागुऔषध (खैरो हिरोईन) र चरेश सहित २ जना पक्राउ परेका छन्।
लागुऔषधको कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीगएको प्रहरी टोलीले धनगढीबाट लागुऔषध (खैरो हिरोईन) र चरेश सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा
बझाङ बुंङ्गल नगरपालिका ८ घर भई हाल धनगढी ५ तारानगर डेरा गरी बस्ने २८ बर्षिय को प्रेम ऐडीको कोठाबाट २.५ के.जी चरेश र धनगढी-२ पुरानो भन्सार बस्ने अन्दाजी २७ बर्षिय गणेश विष्टको घरबाट १० ग्राम (खैरो हेरोईन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएको लागुऔषध (खैरो हिरोईन) र चरेश सहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई थप अनुसनधान कार्य भइरहेको जनाइएको छ ।