कैलाली। कैलालीबाट सशस्त्र प्रहरी बलका ३ सय ७९ जवान दीक्षित भएका छन्। सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयले आयोजना गरेको आधारभूत तालिमको दीक्षान्त समारोहबाट उनीहरु दीक्षित भएका हुन्।
उक्त बनबेहडामा रहेको शिक्षालयबाट कैलालीका ३ स्थानमा ११ महिने प्रहरी जवान आधारभूत तालिम लिएका ३ सय ७९ जना प्रशिक्षार्थीहरु रहेको दीक्षित भएको बताइएको छ।समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराइले प्रशिक्षाथीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए। उनले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरुस्कार समेत वितरण गरेका थिए।समारोहमा बोल्दै बाहिनीपती भट्टराइले तालिमले प्रशिक्षार्थीहरुलाई योग्य, असल र इमान्दार राष्ट्र सेवकको रुपमा समर्पित हुन तयार गरेको बताए। उनले तालिम लिएका प्रतिक्षार्थीले देशको सुरक्षाका लागि ज्ञान प्राप्त गरेको बताएका छन्। दिक्षान्त समारोहमा सशस्त्र प्रहरी बल नेपाल बडिडमालिका जवान तालिम शिक्षालयमा तालिम लिएका १२९ जना, सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार टीकापुरमा तालिम लिएका १२२ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गर्ण हेडक्वाटर कैलालीमा तालिम लिएका १२८ जना सहभागि थिए ।
प्रशिक्षणमा सहभागि मध्ये महेश राज ओझा, संदिप रोकाया र पदम साउँद ‘सर्वप्रथम’, खगेन्द्र बोहरा, मनोज बोहरा र राजेन्द्र सिह सामन्त कवाज प्रथम, मनी दत्त ओझा, भुवन गुरुधामी, भरत रावल ‘शा. सहिष्णुता प्रथम’, हरिस चन्द, गोपाल रोकामगर र मनोज मल्ल ‘चाँदमारी प्रथम’ भएका थिए ।समारोहमा बोल्दै बाहिनीपती भट्टराइले तालिममा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले ११ महिने तालिमले प्रशिक्षार्थीहरुलाई योग्य, असल र इमान्दार राष्ट्र सेवकको रुपमा २४ घण्टा राष्ट्र र जनताको सेवामा समर्पित हुन तयार गर्ने बताए ।समयको परिवर्तन संगै प्रविधिमा आएको परिवर्तनले सुरक्षा चुनौती पनि बढेको उनले बताएका छन् ।