कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर ५ बाट बेवारिसे अवस्थामा अबैध काठ बरामद गरिएको छ।
वनदेबि सामुदायिक बन, सव डिभिजन बन कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको सयुक्त टोलिले कञ्चनपुरको कृष्णपुर ५ बाट अबैध काठ बरामद गरेको हो ।
प्रहरी सहायक निरीक्षक जनक राज अवस्थीको कमाण्डमा खटिएको सयुक्त टोलिले कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ५ पबित्रा वस्ती बस्ने राम चौधरीले अबैध सालको गोलिया र तयार गरिएका सालका काठ लुकाई राखेको अवस्थामा अबैध काठ बरामद गरेको हो।
बिशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा घरको कोठाभित्र र खाडलमुनि गरी जम्मा २३.५३ क्यु फिट सालको अबैद्य काठ बरामद गरीएको प्रहरीले जनाएको छ। बरामद गरीएको काठ आवश्यक कार्वाहीको लागि वनदेबि सामुदायिक उपभोक्ता समितिको कार्यालय बाणि बुझाएको कञ्चनपुर प्रहरीले जनाएको छ।