कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। भने २ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका-२ वाणीका ४२ वर्षीय केशवराज पन्त रहेका प्रहरीले बताएको छ।
शुक्लाफाँटा नगरपालिका-११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुरतर्फ गइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका-४ का अन्दाजी २४ वर्षीय पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका-९ का अन्दाजी २४ वर्षीय सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। भने पन्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।