कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा जग्गा नापीको कार्य पुनः सुरुवात गरिएको छ । शनिबार बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा र उपमेयर तुलसी जोशीले वडा–६ मुसेपानीबाट संयुक्त रुपमा उद्धघाटन गरे । अव्यवस्थित बसोवासी, जग्गाधनी पुर्जा नभएकाहरुको जमिन नापीको कार्य सुरु भएको हो ।
नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले वर्षात हुनु पुर्व बेदकोट नगरपालिका भित्र नापीको कार्य सम्पन्न गरीसक्ने गरे काम अगाडी बढाईने बताए । नगर उपप्रमुख तुलसी जोशीले स्थानीयहरुले विवादरहित हिसाबले सही नापजोख गर्ने कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय भुमि आयोग, सेवा केन्द्र वेदकोट नगरपालिकाका संयोजक केशवदत्त भट्टले हालसम्म वेदकोट नगरपालिकामा १२ हजार ३४ हेक्टर जमिन नापी भई सकेको बताए । हालसम्म बेदकोट नगरपालिकामा ५ वटा वडाको जमिन नापी भईसकेको छ ।