धनगढी। धनगढी स्थीत सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिती सदस्य डिल्लीराज भट्टले सामाजिक कार्यगर्दै आफ्नो जन्मदिन मनाएका छन्।
धनगढीका ब्यवसायी तथा सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिती सदस्य समेत रहेका भट्टले जन्मदिनको अवसर पारेर सामाजिक कार्यमा संलग्न हुँदै जन्मदिन मनाएका हुन् । नियमित अस्पतालमा ब्यवस्थापनमा खटिने भट्ट आज जन्मदिनकै अवसर पारेर सेती प्रादेशिक अस्पतालको फोहर ब्यवस्थापनका बारेमा बिशेष चाँसो राख्दै निरीक्षण तथा अवलोकन गर्न पुगेका हुन् ।
अस्पतालबाट निस्कीने फोहरजन्य बस्तुहरुको सरसफाईको ब्यवस्थापनमा खटिने कर्मचारीलाई राम्रो काम गरेको भन्दै उनले धन्यवाद तथा सम्मान गरेका छन् । अस्पतालको फोहर ब्यवस्थापनमा आफुले सक्दो पहल गर्ने प्रतिबद्यता ब्यक्त समेत गरेका छन् । उनले भने, कसैकसैले सरसफाइ भनेको व्यक्तीगत कुरा हो र यो अरू कसैको मतलबको विषय होइन भन्ने सोचाइ राख्छन्। त्यसैले आफु त्यहाँ गएको भट्टले बताए । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने अस्पतालमा सरसफाइबारे आफ्ना सङ्घर्षका कथा आदरणीय महिला दिदीबहिनीहरुले सुनाएको बताएका छन् ।
उनी सधैजसो सेती प्रादेशिक अस्पतालको हेरचाह तथा निरीक्षण, अवलोकन तथा निर्देशन दिदै आएका छन् । उनले जन्मदिनको अवसरमा पनी अस्पतालको काम लागीरहे । अस्पताल स्वच्छ सफा र सुन्दर बनाउने उदेश्य सहित आज जन्मदिनको अवसरमा अस्पतालमा सरसफाइ बारे बुझ्न गएको बताए । साथै कर्मचारीले उच्च सम्मान गर्दै आज जन्म दिनको अवसरमा शुभकामना तथा आशिर्वाद दिएकोमा हार्दिक आभार ब्यक्त गरेका छन् । यस्तै अस्पताल व्यवस्थापन समिति सदस्य भट्टले जन्मदिनकै अवसर पारेर रक्तदान समेत गरेका छन् । उनले आफुले २१ औं पटक रक्तदान गरेको जानकारी दिए । जन्मदिनकै अवसर पारेर बैतडी शिवनाथ गाउँपालिका बस्ने रुकमा देवी साउँद लाई ए प्लस रगत आवस्इक परेकाले रक्तदान गरीएको जानकारी दिएका छन् । उनले भने, रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन। स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ ।
आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो, रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पुर्याउनु पर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रेडक्रस सोसाइटी धनगढी शाखामा रक्तदान गर्न सम्पूर्ण लाई आग्रह छ। उनले भनेका छन् । साथै अस्पताल ब्यवस्थापन भट्टले जन्मदिनको अवसरमा शुभकामना शुवेच्छा प्रकट गर्नहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन् ।



