धनगढी। एकैरात कैलालीको धनगढी उपमहानगरपालिकाका ५ वटा पसलमा चोरी भएको छ। बिहीबार राति धनगढी उपमहानगरपालिका ४ चटकपुर स्थित सहिदगेट नजिक रहेका ५ वटा पसलहरुमा चोरी भएको हो।
त्यहाँ स्थित गंगा इम्पेक्स, भट्ट होटेल एण्ड फास्ट फूड, रियांश स्टिकर, केके ट्रेड, एस फोर स्टिकर हाउसलगायतका पसलबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीका अनुसार एउटा होटलबाट ५० हजार होटेलबाट लगायत चुरोट, चिसो, बियरसहित अन्य पसलबाट २० हजार गरेर ७० हजार चोरी भएको बताए । उनले होटलको भेन्टीलेटरबाट पसेर चोरहरुले चोरी गरेको बताए । चोरीको घटनाबारे थप विवरण आउन भने बाँकी छ।