धनगढी। धनगढी उपमहानगरपालिकास्थीत एक कपडा पसलमा आगलागी भएको छ। बिहीबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सिमा सपिङ सेन्टरमा आगलागी भएको हो।
सिमादत्त सेनले चलाएको उक्त पसलमा करिब ८ बजे आगलागी भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ। अहिले प्रहरी र स्थानीय तथा धनगढी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ।
आगलागी के कति कारणले लागेको भनेर खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै सोही क्षेत्र नजिकै मङ्गलबार पनी आगलागी भएको थियो । धनगढी उपमहानगरपालिका–१ मा रहेको चौधरी बुक डिपो एण्ड जनरल स्टोरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागीबाट कम्प्युटर, प्रिन्टर, ल्यापटप, मोबाइल, एसी, पंखा, स्टेशनरीका सामानहरु जलेर नष्ट भएको छ। 


