कैलाली। कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोडमा किराना पसल गरी बस्ने २३ बर्षीय उमेश धामीलाई पक्राउ गरेको हो ।
बिषेश सुचनाको आधारमा आइतबार दिउँसो १ बजे प्रहरी टोलीले बझाङको जयपृथ्वी नगरपालिका ३ घर भई हाल धनगढी २ पुरानो भन्सार रोडमा धामीको किराना पसलमा शंका लागी चेकजाँच गर्दा उनको पसलबाट लागुऔषध खैरो हिरोईन ४४० मिलिग्राम सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै आइतबार नै थप एक जना लागु औषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङ्ग्राकटानबाट लागुऔषध खैरो हिरोईनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पलिया खिरी बस्ने केदार रानाका २३ वर्षीय मंगल सिंह राना छन्। उनको साथबाट ५ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।लागु औषधसहित पक्राउ परेका दुबैमाथी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।