धनगढी। सुदूरपश्चिम प्रदेशमा यसवर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ । धान खेती लगाउने समय सुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन सकेका छैन््न । अहिले प्रदेशमा धान खेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मल नहुदाँ कैलाली कञ्चनपुरका किसान सिमावती भारतिय बजारमा जान बाध्य छन् ।
धनगढी उपमहानगरपालीका २ का किसान ज्ञान बहादुर गडौरा थारुले मल बिनै खेत ट्याक्टरले जोतीरहेको बताए । उनले मलका लागी बिभिन्न संस्थामा धाएपनी मल नपाएको बताए । मल अभाबले हैरानी खेप्नु परेको बताउँदै इन्धनको मूल्यबृद्र्धि भएको छ । भनेको समयमा मल बिउ जिन पाइदैन उनले भने । कोही कोही त भारतबजार गैरहेका छन् किसानलाई धेरै समस्या छ। खेती लगाउने समय सुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन । जसका कारण किसानले हैरानी खेप्नु परेको छ। सुदूरपश्चिममा सवै भन्दा बढी धान उत्पादन हुने कैलालीमा पनि मलको अभाव बढी छ।
मल अभावकै कारण उत्पादन पनि घट्ने भन्दै किसानहरु चिन्तीत छन् । धान खेतीका लागि सुदूरपश्चिमले पाएको २ हजार बढी मेट्रिक टन डीएपी मल पनि भैरहवामै रहेको छ। भैरहवा नाकामा कैलालीका लागि मल आए पनि इन्धनको मूल्यबृद्धिका कारण ढुवानी गर्न नसकिएको भन्दै सम्बन्धित निकाय पन्छिरहेका छन् भने किसानहरु मल नपाएर तड्पिरहेका छन् । धनगढी वडा नम्बर २ कै किसान निर्मला धामीलाई पनी सोही समस्या छ । उनले भनिन् नयाँ अन्न लगाउने समय भैसक्यो मल भने पाएका छैनौँ । हामी किसानलाई जहिलेपनी मल बिउकै समस्या हुन्छ ।
समयमै मल नपाउँदा उत्पादन पनि घट्ने भन्दै उनी चिन्तीत छन् । यता सहकारीहरुले गत बर्ष केहि मात्रामा कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढी र साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीले बाट मल पाप्त गदै आएपनि यस पटक समयमा मल उपलब्ध नगराउँदा मलका लागि आउने किसान खाली हात फर्किन बाध्य भएको संगालो कृर्षी सहकारी डोटीका विष्णु बोगटीको भनाई छ । प्रदेशमा दुवै निकायले मलको ढुवानी समेत नगर्दा सहकारी संस्थाहरूले थोरै पाउने मलका लागि भैरहवा धाउनुपर्ने बाध्यता छ उनले भने । यस्तै, कैलारी गाउँपालिका खप्तड किसान सहकारीका सञ्चालक बालकृष्ण चौधरीले मल अभाब रहेको बताउँदै किसानलाई मल उपलब्ध गराउन समस्या रहेको बताएका छन् । धान खेतीका लागि सुदूरपश्चिममा आएको २ हजार १६९ मेट्रिक टन डीएपी मल भैरहवामै रहेको छ । जस मध्ये कैलाली जिल्लाका लागि १ हजार ३०० मेट्रिक टन मात्रै कोटा निर्धारण गरिएको छ । त्यस्तै कंञ्चपुरमा ६ सय डोटीमा ८० र अन्य ६ जिल्लाका लागी १ सय १० मेट्रिक टन मात्रै कोटा निर्धारण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । सरकारले सुदूरपश्चिममा २१ सय ६९ मेट्रिक टन डीएपी मल वितरण गर्ने तयारी गरेपनि प्रदेशमा मलको माग करीब ६० हजार मेट्रिक टन रहेको छ। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख बोगटीले भने, अहिले १ सय ८४ सहकारी मल ल्याउनका लागी भैरहवा पुगेको बताए । अब असारको १० अथवा १२ गतेसम्म युरिया मल आइपुग्ने सम्भावना रहेको र देशभरी नै डिएपी मल नभएको जानकारी दिए ।


