कैलाली । कैलालीको गोदावरी नगरपालिकाको प्रवक्तामा गोपाल दत्त भट्ट तोकिएका छन। बिहिबार बसेको कार्यपालिका बैठकले भट्टलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो। भट्ट वडा नम्बर १ बाट वडा अध्यक्ष समेत हुन ।आज नै उनले पदभार ग्रहण गरिसकेका छन् ।
कैलालीको गोदावरी नगरपालिका – १ मा भट्टसहित नेपाली कांग्रेस स्थानिय तह निर्वाचनमा प्यानल सहित विजयी भएको थियो । उक्त वडामा नेपाली कांग्रेसका तर्फबाट गोपाल दत्त भट्ट र नेकपा एमालेका तर्फबाट शर्मानन्द भट्ट चुनावी मैदानमा थिए । कांग्रेसका गोपाल दत्त भट्टले एमालेका शर्मानन्द भट्टलाई ८७ मतले पराजित गरेका थिए । कुल ४२८० मत खसेकोमा कांग्रेसका गोपाल दत्त भट्टले १४७८ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका थिए ।