काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई बधाई दिँदै पाँचवर्षे कार्यकालमा आफ्नो पूर्ण समर्थन र सहयोग हुने प्रतिबद्धता जनाएका थिए।बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए। ‘तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु,’ भेटमा प्रधानमनत्रीले भने, ‘५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। काम पर्दा मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’ महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको र विकासको काममा सहयोग आफ्नो सहयोग हुने प्रधनमन्त्रीको भनाइ थियो ।देउवाले भने, ‘फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ लगाउनुहोला, केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए। ‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो,’ बालेनले प्रधानमन्त्री देउवालाई भने। यसअघि बालेनले महानगरको मतगणना चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको तस्बिर मंगलबार सार्वजनिक भएको थियो।उनको सो भेटबारे विभिन्न टीकाटिप्पणी भएको थियो।बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका थिए । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.