कञ्चनपुर। कञ्चनपुरको पश्चिम तर्फ भारत संग जोडिएका सीमानाका आजदेखि चार दिनका लागी बन्द हुने भएका छन् । कञ्चनपुरको पश्चिम तर्फ भारत संग जोडिएका सीमानाका चार दिनका लागी बन्द हुने भएका छन् ।
जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचनका हुने भएकाले सीमा बन्द भएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका बन्द हुने जनाएको थियो। गड्डाचौकी लगायतका नाका आज १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्म बन्द रहने र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ।


