धनगढी। धनगढीमा रेमण्ड सप संचालनमा आउने भएको छ। धनगढीमा मोडर्न तयारी पोशाक र सुटगढी सञ्चालन गर्दै आएका प्रकाश दर्जीले पहिरन (पोशाक) सम्बन्धी रेमण्ड सप संचालनमा ल्याउन लागेका हुन् । सवा करोड रुपैयाँ लगानीमा धनगढीस्थीत सुटगढी रहेको भवनमा रेमण्ड शप सञ्चालन हुन लागेको हो ।
बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन गरेर दर्जीले बताए। रेमण्ड सपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिने छ । रेमण्ड विश्वमै लोकप्रिय भारतको कम्पनी हो । सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ।
धनगढीमा प्रतिमिटर एक हजार छ/सात सयदेखि १०/११ हजार रुपैयाँ रेमण्डको कपडा राखिएको दर्जीले बताए । रेमण्डको फेबरिक धनगढीको लागि एकदम नयाँ रहेको उनले जनाए । धनगढीमा रेमण्ड शप नेपालकै तेस्रो वा चौथो रहेको बताए । ‘काठमाण्डौं, नारायणघाटमा रेमण्ड शप छ तर, धनगढीका लागि बिल्कुलै एकदम नयाँ रहने दर्जीले भने।धनगढीको रेमण्ड शपमा २५/२६ जनाले रोजगारी पाउने जनाइएको छ ।