धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित अध्यक्ष शेर बहादूर महरा (एस बी) महराले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख गोपाल हमालबाट सपथ ग्रहण गरेपछि वडा कार्यालयमा पुगेर महराले पदभार ग्रहरण गरेका हुन् ।
पदभार ग्रहण संगै महराले वडालाई ब्यवस्थित र वडाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त पार्ने उद्घोष गरेका छन् । वडाको समग्र बिकासका लागी आफु वडा अध्यक्षका लागी तयार हुँदा जनताले दिएको गुन नबिर्षेर जनताले दिएको जिम्मेवारी सफलताका साथ पुरा गर्ने महराको भनाई थियो ।
नागरिकले लिएर आउने गुनासो सम्बोधन कुन निकायबाट गर्न सकिन्छ ति समस्या समाधानमा ध्यान केन्द्रित हुने महराको भनाई छ । अबको ५ बर्ष जनताका काममा खटिने बताउँदै उनले राम्रा काममा साथ दिन र गलत भए खबरदारी गर्न आग्रह गरेका छन् ।