सुदूरपश्चिम । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ प्रमुख/अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको छ। नेकपा एमाले दोस्रो पार्टी बनेको छ।
उसले २५ वटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ भने २४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षमा जित निकालेको छ। नेकपा माओवादी केन्द्र १४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जित्दै तेस्रो पार्टी बनेको छ। उसले ११ पालिकामा उपप्रमुख/उपाध्यक्षमा जित हासिल गरेको छ। चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति बनेको छ। उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुखरअध्यक्षमा जित हासिल गरेको छ भने ३ वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादीले २ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि २ स्थानमा जितेको छ।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवारले प्रमुख जितेका छन्। बैतडीको डीलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन्। बाजुराको बूढीगंगा नगरपालिका र अछामको साँफेबगर नगरपालिका भने नतिजा सार्वजनिक हुन सकेको छैन। बूढीगंगामा विवादका कारण मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय नै टुंगो लागेको छैन भने साँफेबगरमा मतगणना भइरहेको छ। पहिलो पार्टी बनेसँगै नेपाली कांग्रेसले जिल्ला समन्वय समितिमा पनि आफ्नो पकड बनाउने देखिएको छ। सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला समन्वय समितिमा गठन हुनेछन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ।
हेर्नुहोस यहाँ अब यस्ताे बन्नेछ प्रदेशका ९ वटै जिल्लामा जिल्ला समन्वय समिति
कैलाली- कैलालीमा १३ वटा स्थानीय तह छन्। त्यहाँ जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो। यहाँ एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन। नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसको मतभार ८ रहेको छ। त्यस्तै एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार ५ रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ४ छ। एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुखमात्रै जितेकाले उसको मतभार १ रहेको छ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टिकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ। उसको मतभार ७ रहेको छ। भने धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ। यहाँ गठबन्धन दलले सहमति गरे पनि जिल्ला समन्वय समिति बनाउने स्थिति देखिएको छैन।स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्ने छन्। एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन। यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ।
कञ्चनपुर-कञ्चनपुरमा रहेका ९ वटा स्थानीय तहमा जिल्ला समन्वय समितिका लागि आवश्यक मतभार संख्या १८ हो। यहाँ नेपाली कांग्रेस एक्लैले बहुमत ल्याएकाले सहजै जिल्ला समन्वय समिति गठन गर्न सक्ने भएको छ। नेपाली कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुख र उपप्रमुख, वेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुख, कृष्णपुर नगरपालिकाको प्रमुख र उपप्रमुख, पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुख तथा बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शुक्लाफाँटा, दोधाराचाँदनी नगरपालिकामा उपप्रमुख जितेको छ। नेपाली कांग्रेसको एक्लै १२ मत भार रहेको छ।त्यस्तै एमालेले शुक्लाफाँटा नगरपालिका प्रमुख, दोधाराचाँदनी नगरपालिका प्रमुख, बेलौरी नगरपालिका उपप्रमुख र लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ। एमालेसँग ५ मतभार रहेको छ भने बेलौरी नगरपालिकाको प्रमुखमात्रै जितेको नेकपा माओवादी केन्द्रसँग १ मतभार रहेको छ।
डोटी- डोटीमा ९ वटा स्थानीय तह छन्। यहाँ नेपाली कांग्रेसले ७ स्थानीय तहमा प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्ष जितेको छ। भने १ स्थानीय तहमा उपाध्यक्ष जितेको छ। यस जिल्लामा नेपाली कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गर्न सक्ने बहुमत रहेको छ। कांग्रेससँग १५ मतभार रहेको छ। नेकपा एमालेसँग २ र नेकपा माओवादी केन्द्रसँग १ मात्रै मतभार रहेको छ। डोटीमा नेपाली कांग्रेसले आदर्श गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,केआईसिं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, दिपायल सिलगढी नगरपालिका प्रमुख, उपप्रमुख, पूर्वीचौकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बडीकेदार अध्यक्ष, उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष, शिखर नगरपालिका प्रमुख उपप्रमुख र सायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको छ।एमालेले भने जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ। नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष मात्रै जितेको छ।
बाजुरा- बाजुरामा ९ वटा स्थानीय तह छन्। बुढीगंगामा मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय टुंगो लागेको छैन। बाँकी मतपरिणाम सार्वजनिक भएका ८ मध्ये एमालेले ५ स्थानीय तहमा प्रमुखरअध्यक्ष र चार स्थानीय तहमा उपप्रमुखरउपाध्यक्ष जितेको छ। बुढीनन्दामा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन्। एमालेसँग १० मतभार रहेको छ। एमालेले गौमुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, खप्तड छेडदह गाउँपालिकामा प्रमुख, जगन्नाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, बडीमालिका नगरपालिकामा प्रमुख र उपप्रमुख, बुढीनन्दामा प्रमुख र हिमाली गाउँपालिकामा उपाध्यक्षमा जित हासिल गरेको छ। नेपाली कांग्रेसले भने खप्तड छेडदह गाउँपालिकाको उपाध्यक्ष, त्रिवेणी नगरपालिकाको प्रमुख र उपप्रमुख, स्वामी कार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा हिमाली गाउँपालिकाको अध्यक्ष जितेको छ। नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तहअन्तर्गत मतभार ६ रहेको छ।अहिलेसम्म सार्वजनिक भएको मत परिणामअन्तर्गत एमालेले बाजुरामा सबैभन्दा धेरै तह जितेकाले एक्लै जिल्ला समन्वय समितिमा बहुमत पुगेको छ।बुढीगंगाको मतपरिणाम सार्वजनिक भइसकेको छैन। त्यहाँ एमालेले जितेमा मतभार थपिने छ। कांग्रेसले जिते पनि एमालेको अहिलेको मतभार भन्दा कम नै हुनेछ।
अछाम- अछामका १० वटा स्थानीयतहको मतभार संख्या २० छ। त्यहाँ नेपाली कांग्रेसले ६ वटा स्थानीयतहको प्रमुखरअध्यक्ष र ४ स्थानीय तहमा उपप्रमुखरउपाध्यक्ष जितेको छ। उसको मतभार १० रहेको छ। नेपाली कांग्रेसले कमलबजार नगरपालिका प्रमुख, चौरपाटी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, ढकारी गाउँपालिकाको अध्यक्षरउपाध्यक्ष, पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखर उपप्रमुख, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको उपाध्यक्ष र रामारोशन गाउँपालिकाको अध्यक्ष जितेको छ। कांग्रेसलाई एकल जिल्ला समन्वय समिति बनाउन एक मत आवश्यक पर्छ। एमालेको मतभार भने ६ रहेको छ। एमालेले कमलबजार नगरपालिका उपप्रमुख, तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष र मंगलसेन नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। नेकपा माओवादी केन्द्रसँग २ मत रहेको छ। उसले मेल्लेख गाउँपालिकाको प्रमुख र रामारोशन गाउँपालिकाको उपाध्यक्ष जितेको छ। साँफेबगर नगरपालिकाको नतिजा आउन बाँकी छ। यस नगरपालिकामा प्रमुख वा उपप्रमुख दुवै वा एकमा पनि नेपाली कांग्रेसले जित्यो भने जिल्ला समन्वय समिति बनाउनका लागि उसलाई बहुमत पुग्ने छ।
बझाङ- बझाङमा १२ वटा स्थानीय तह छन्। तीमध्ये नेपाली कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुखरअध्यक्ष र ५ वटामा उपप्रमुखरउपाध्यक्ष जितेको छ। उसको मतभार ११ छ। नेपाली कांग्रेसले केदारस्युँ गाउँपालिका उपाध्यक्ष, खप्तडछान्ना गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका प्रमुख, थलरा गाउँपालिका उपाध्यक्ष, दुर्गाथली गाउँपालिका उपाध्यक्ष, बुंगल नगरपालिका प्रमुख, मष्टा गाउँपालिका अध्यक्ष, वित्थडचिर गाउँपालिका अध्यक्षरउपाध्यक्ष, सूर्मा गाउँपालिका अध्यक्षरउपाध्यक्ष जितेको छ। एमालेले ३ स्थानीय तहमा प्रमुखरअध्यक्ष र २ मा उपाध्यक्ष जितेको छ। एमालेको मतभार संख्या ५ मात्रै रहेको छ। एमालेले बझाङमा साइपाल गाउँपालिका अध्यक्षरउपाध्यक्ष, तलकोट गाउँपालिका अध्यक्षरउपाध्यक्ष र थलारा गाउँपालिकामा अध्यक्ष जितेको छ।नेकपा माओवादी केन्द्रले २ मा प्रमुखरअध्यक्ष, ३ मा उपप्रमुखरउपाध्यक्ष जितेको छ। माओवादी केन्द्रले खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका उपप्रमुख, दुर्गाथली गाउँपालिका अध्यक्ष र मष्टा गाउँपालिका उपाध्यक्ष जितेको छ। उसको मतभार ५ रहेको छ।नेकपा एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिका अध्यक्ष, छबिसपातिभेरा गाउँपालिका उपाध्यक्ष र बुंगल नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार संख्या ३ रहेको छ। बझाङमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार छैन। त्यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर जिल्ला समन्वय समिति गठन गर्न सक्ने देखिएको छ।
दार्चुला- दार्चुलामा ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ। तर, जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन। तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ। सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको नेकपा एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मत भार छैन। एमालेले दुहुँ गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ। उससँग ८ वटा मतभार रहेको छ।नेपाली कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहुँ गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ। उसको ४ मतभार रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका उपाध्यक्ष, मार्मा गाउँपालिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष र लेकम गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ६ रहेको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको १० मतभार रहेकाले चुनावमा तालमेल गरे अनुसार उनीहरुले जिल्ला समन्वय समितिको गठनमा पनि सहमति गरेर गठन गर्न सक्ने देखिएको छ।
बैतडी- बैतडीमा १० वटा स्थानीय तह छन्। यो जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि मतभारको संख्या २० छ। बैतडीमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत पुग्दैन। २० मतभार रहेको बैतडीमा एक्लै समन्वय समिति बनाउनका लागि कम्तिमा ११ मतभार आवश्यक हुन जान्छ। बैतडीमा नेपाली कांग्रेसको मतभार ९ छ। कांग्रेसले डीलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख र उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सुर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ। एमालेको मतभार ८ रहेको छ। एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पन्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सुर्नया गाउँपालिका अध्यक्ष जितेको छ।माओवादी केन्द्रको मतभार २ रहेको छ। उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ। त्यहाँको डीलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। यहाँ नेपाली कांग्रेस र नपाली कांग्रेस मिलेर जिल्ला समन्वय समिति गठन गर्न सक्ने छन्। नभए एमालेले स्वतन्त्र र माओवादीको सहयोगमा जिसस गठन गर्न सक्नेछ।
डडेलधुरा-डडेलधुरामा ७ वटा स्थानीय तहमा १४ मतभार रहेको छ। नेपाली कांग्रेससँग एक्लै डडेलधुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार रहेको छ। उससँग १० मतभार रहेको छ। कांग्रेसले डडेलधुरामा अजमेरु गाउँपालिका उपाध्यक्ष, अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ।नेकपा माओवादी केन्द्रको मतभार ४ रहेको छ। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको छ।