धनगढी। सुदूरपश्चिम प्रदेशका ८४ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशका जम्मा ८८ वटा स्थानीय तह मध्ये ८४ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको हो।
अब ४ स्थानिय तहको मत परिणाम आउन बाँकी रहेको छ । कंचनपुरको भिमदत्त नगरपालिका, पुर्नवास नगरपालिका, अछामको साँफेबगर नगरपालिकामा मतगणना जारी रहेको छ । यी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । बाजुराको बुढीगंगा नगरपालिकामा भने मत गणना गर्ने वा फेरि मतदान गर्ने भन्ने वारे टुङ्गो लागेको छैन।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा छ। कांग्रेसले ३७ स्थानीय तहमा बिजय प्राप्त गरेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २५ पालिकामा बिजय प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ। ५ महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा ४ र एकीकृत समाजवादीले दुई पालिकामा जित निकाल्दा २ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।