धनगढी। सुदूरपश्चिको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमाल विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका उनी यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली काँग्रेसका वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
स्वतन्त्रबाट मेयरमा ‘आँप’ चुनाव चिन्हबाट उठेका हमालले २६ हजार ८ सय ६५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृप वडले १४ हजार ८ सय १७ मत मात्र पाए। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।भने धनगढी उपमहानगरपालीको उपमेयरमा एमालेकी कन्दकला राना बिजयी भएकी छिन् ।
को हुन गोपाल हमाल कसरी जित सम्भव भयो धनगढीमा
धनगढी उपमहानगरपालिको मेयर पदमा निर्वाचित गोपाल हमाल धनगढी उपमहानगरका लागि चितपरिचित व्यवसायिक अनुहार हो। धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेलादेखि नै चर्चा छन्। २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर सुदूरपश्चिम चिनाउने प्रयास गरेका थिए । हमालले त्यति वेला सुदूरपश्चिमलाईसुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए ।
उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे मागहरु राख्ने अभियान पनि चलेको थियो । त्यस्तै धनगढी विमानस्थल बनाउन नीजि क्षेत्रको तर्फबाट एक पैसें अभियान चलाएका उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रुपमा पनि लिइन्छ । दलीय व्यवस्थामा निर्दलीय व्यक्तिको उम्मेदवारी त्यति सार्थक नभएपनि, दलहरु प्रतिको वितिष्णाले हमालले २०७४ सालकै निर्वाचनमा पनि मेयर पदमा उम्मेदवारी दिएका थिए तर उनि निर्वाचित हुन सकेनन् । अहिले पुन ‘आँप’ चुनाव चिन्हबाट उठेका हमालले २६ हजार ८ सय ६५ मत ल्याएर विजयी भए।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृप वडले १४ हजार ८ सय १७ मत मात्र पाए। २०७४ सालको स्थानीय तहको चुनावपछि समर्थकले कुनै दलमा प्रवेश गर्न वा आफैंले क्षेत्रीय दल खोल्न सुझाव दिए। त्यसपछि उनी विवेकशील साझा पार्टीमा आवद्ध भएका थिए।उनी पार्टीमा सुदूरपश्चिम प्रदेश संयोजक भएर काम गरे । पार्टी प्रवेश गरेको चार वर्षपछि उनले विवेकशील साझा छोडिदिए। मेयर बन्ने सपनामा पार्टीकै कारण ब्रेक लाग्ने सुझाव पछि उनले पार्टी छोडेर स्वतन्त्र उमेद्वारी दिए । भारी मतान्तरले जितेका हमालको धनगढीमा मेयर बन्ने सपना पुरा भएको छ।
चुनाव जित्न कसरी भयो सहज ?
हमाल व्यवसायी मात्रै होइनन्, समाजसेवी पनि हुन् । उनले धनगढीमा कपडा बैंक र शववाहन सञ्चालन गरेका छन् । ‘सुन्दर सुदूरपश्चिम’ अभियान अन्तर्गत उनले गरेका केही काम प्रशंसित छन् ।
अहिले उनलाई त्यसैको फाइदा पनि भयो । उनी आफैँ पनि यहाँका धेरै परिवारसँग जोडिएकाले यतिधेरै मत पाएका हुन् । झण्डै ३९ सालदेखि अहिलेसम्म व्यवसाय गर्दा धेरैले उनकोमा काम गर्न पाए। व्यवसायमा काम गरेका कयौं मान्छे सफल उद्यमी समेत भएका छन्।उनैले काम सिकाएका कयौ ब्यक्ति अहिले बजारमा छन् त्यसै कारण पनि उनलाइ विजय हुन सजिलो भएको हो । केही समस्या परे अफ्ठ्यारो पर्दा आफूकहाँ आएका मानिसलाई खाली हात नपठाएको हमालले बताउने गरेका छन्। हमालले विगतदेखि अहिलेसम्म गरेका कामका कारण मानिसमा एक किसिमको विश्वास भयो । आफ्नो लागि भन्दा पनि समाजका लागि काम गर्छ भन्ने सोच मानिसमा गयो । त्यसैले विश्वासका साथ जनताले भारी मत दिएका छन् । धनगढीको बजारमा सबैले चिनेको हमाल लाई ग्रामिण एरियामा गत चुनावमा चिनेका थिएनन् । तर उनले नचिनेको ठाउँ पहिलाको निर्वाचन भन्दा राम्रो माहोल बनाए त्यसैको फाईदा पनि हमाल लाई भयो । धनगढीबासीले मत दिएर आफ्नो काम पुरा गरे पछि अब धनगढी लाई बनाउँने जिम्मा हमालको काधमा आएको छ । हमाले पनि आफ्नो धनगढी बनाउने सपनालाई यो जितले थप ऊर्जा दिएको बताईरहेका छन् ।