धनगढी : धनगढी उप महानगरपालिकाका नव निर्वाचित मेयर गोपाल हमालले सर्बप्रथम सचिवालय सुदृढिकरण गर्ने बताएका छन् । मेयरमा बिजयी भएपश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै हमालले सबैभन्दा पहिले सचिवालय सुदृढिकरण गर्ने बताएका हुन् ।
कुनैपनि योजना सहि तरिकाले कार्यान्वयन गर्नका लागी सचिवालय सुदृढिकरढा हुनुपर्छ हमालले भने “त्यसका लागी कसरी सबै क्षेत्र सुदृढ बनाउन सकिन्छ त्यो कुरामा ध्यान जान्छ त्यसका लागी प्रमुख प्रशासकिय अधिकृत, सबै साखा प्रमुखहरुसंग सल्लाह गरेर कसरी चुस्त दुरुस्त, पारदशी, जनमुखी बनाउन सकिन्छ लाग्छौँ ।”
साथै सबै अधुरा योजनाहरुलाई सम्पन्न गर्ने पहिलो प्रार्थमिकता रहेको हमालले बताए । आर्थिक बर्षको अन्तिमतिर हामी पुगिसकेका छौँ हमालले भने “जतिपनि अधुरा काम छन ति समयमै पुरा गराउनमा लाग्ने छौँ त्यसपछि अन्य योजना तयार पार्छौँ ।”
बहुमत अल्पमत बैसाख ३० मै सकिएको हमालले बताए । चुनाव जित्नका लागी अन्य दलले ति कुरा गरेपनि धनगढीको बिकासका लागी अब सबै एकजुट हुने उनले बिश्वास ब्यक्त गरे ।
धनगढीको उप मेयरमा भने एमालेकी कन्दकला राना बिजयी भएकी छिन् । १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ ।
वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धीबहादुर खड्का, ५ मा गजेन्द्र शाही, ९ मा प्रेमबहादुर भण्डारी, १३ मा विजय जोशी, १४ मा मानबहादुर विष्ट, १५ मा सखदेव रानाथारु, १७ मा माधव राना र १९ मा बाँधुराम चौधरी काँग्रेसबाट विजयी भएका छन् । ०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो ।
यस्तै वडा नम्बर ७ मा मोती राना, ८ मा जुगराम चौधरी, १० मा शिवकुमार राना, ११ मा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा र १८ मा भुवन रिजाल एमालेबाट वडा अध्यक्षमा विजयी भएका छन् । ०७४ सालमा एमाले २ वडा अध्यक्ष मात्रै जित्न सफल भएको थियो ।
०७४ सालमा ५ वडामा विजयी भएको माओवादी केन्द्र अहिले २ वडामा मात्रै विजयी भएको छ । माओवादी केन्द्रबाट वडा नम्बर ६ मा भागिराम चौधरी र १६ मा रामलाल चौधरी विजयी भएका छन् ।