कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार हेमराज ओझा जित नजिक पुगेका छन् ।
ओझाले ८ हजार ९ सय ८२ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले ७ हजार ७ मत प्राप्त गरेका छन् । यस्तै मेयरमा नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ५ हजार ९ सय ४१ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसकी द्रापती रानाको अग्रता कायमै रहेको छ । उनले ८ हजार ६ सय ८६ मत पाउदा उनकी प्रतीस्पर्धी नेकपा एमालेकी रमीता रानाले ६ हजार ७ सय ७१ मत ल्याएकी छिन् । उपमेयरमा माओवादीकी गिता मल्लेले ५ हजार ७ सय ५७ मत प्रप्त गरेकी छिन् ।