धनगढी। धनगढी वडा नम्बर ७ मा एमालेका मोती राना विजयी भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–७ को वडाध्यक्षमा नेकपा एमालेका राना विजयी भएका हुन् ।
उनले १ हजार ५४७ मत पाएका छन्। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम रानाले १ हजार १६२ पाएका छन्। उक्त वडाको महिला, दलीत र एक वडा सदस्यमा पनि एमालेकैै उम्मेदवार विजयी भएका छन्। भने, एउटा वडा सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।