कैलालीको धनगढी उपमहानगरपालिकामा ४४ हजार १०३मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार दिउसो ३ बजेसम्म ४४ हजार १०३ मतगणना भएको हो।
दिउसो सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार ६ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ९२९ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ९१४ मत पाएका छन्। हमाल र वडबीच १० हजार ७७ मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ हजार २०९मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार ५४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६८ मत पाएका छन्।