अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्बाचनको प्राप्त मत परिणाम अनुसार मतगणना अन्तिम चरणमा पुगेको छ ।
काँग्रेसका मेयरका उम्मेदवार बिरेन्द्र भट्ट भारी मत सहित जित नजिक पुगेका छन । उनले गणना शुरु भए देखी नै लिड गरेका थिए । उनले वडा नम्बर ७ को केही मत गन्न बाँकी रहँदा सम्म १५ हजार ४१६ मत पाएका छन । उनका निकटतम प्रतिद्वन्धी नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले ११ हजार १५४ मत मात्रै पाएका छन । दुबैको मतान्तर भने ४ हजार २६२ रहेको छ । वडा नम्बर ७ को मतगणना भने जारी नै रहेको छ ।
मेयर (सुर्य)
वडा नम्बर १ बाट – १३९४
वडा नम्बर २ बाट – १०१२
वडा नम्बर ३ बाट -६५२
वडा नम्बर ४ बाट -१०२१
वडा नम्बर ५ बाट – ८१०
वडा नम्बर ६ बाट -१३९८
वडा नम्बर ७ बाट -६९७ (मतगणना जारी)
वडा नम्बर ८ बाट – १०४३
वडा नम्बर ९ बाट -९०२
वडा नम्बर १० बाट – १०४०
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – १११५४
मेयर (रुख)
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १५६०
वडा नम्बर ३ बाट – १७८२
वडा नम्बर ४ बाट – १६८४
वडा नम्बर ५ बाट – १२७०
वडा नम्बर ६ बाट – १२०८
वडा नम्बर ७ बाट -७०५(मतगणना जारी)
वडा नम्बर ८ बाट – १२८२
वडा नम्बर ९ बाट -१०३५
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – १५४१६