धनगढी। धनगढी उपमहानगरपालिकाका चार वडाको मतगणना सकिएको छ । उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र १९ को मतगणना सम्पन्न भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएका वडा नम्बर १ मा काँग्रेसका सन्तोष मुडभरी विजयी भएका छन्। २ मा काँग्रेसकै धर्मराज ओझा, १८ मा नेकपा एमालेका भुवन रिजाल र वडा नम्बर १९ मा नेपाली काँग्रेसका बाँधुराम चौधरी प्यानलसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।