सुदूरपश्चिम। सुदूरपश्चिमका ४५ पालिकामा मतगणना सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये ४५ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ ।
जस अनुसार सबैभन्दा बढी पालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सुदूरपश्चिमका १९ पालिकामा काँग्रेस, १६ पालिकामा नेकपा एमाले, ९ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीले भने अझै खाता खुलेको छैन । यस्तो छ सुदूरपश्चिमका४५ पालिकाको अन्तिम मतपरिणाम





