धनगढी। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मतगणना जारी छ । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। धनगढीमा ८ हजार ७ सय मतगणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।
हमालले ३ हजार ८ सय २९ मत पाएका छन् । भने सत्तारुढ गठबन्धनका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ९३८ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन्। अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३, १८ र १९ को मत गणना भइरहेको छ भने १ को मतगणना सम्पन्न भइसकेको छ ।