कैलाली। कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले लिड बढाउँदै लगेको छ। नगरपालिकाको प्रमुखमा कुल ४ हजार ९३२ मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बिरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन।
भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन । दुवै बिचको अन्तर ५६६ पुगेको छ । उपमेयरमा भने नेकपा एमाले अगाडी छ। उपमेयरमा एमालेकी शारदा रोकायाले १ हजार ५ सय मत सहित अग्रता लिइरहदा गठबन्धनबाट एकीकृत समाजवादीबाट उपमेयरकी उम्मदेवार बनेकी रत्ना कडायतले १ हजार ३१० मत पाएकी छिन । दुवैविचको मतान्तर १९० रहेको छ । अहिले वडा नम्बर १ र ११ को मत गणना भैरहेको छ । वडा नम्बर १२ को मतगणना सकिएको छ । १२ मा वडा अध्यक्ष सहित काँग्रेस को पुरै टिम बिजयी भएको छ ।