धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । ४०० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १८० मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदका उम्मेदवार नृपबहादुर वड (गठबन्धन कांग्रेस) ११८ मत , रणबहादुर चन्द (एमाले)२० प्राप्त गरेका छन् । भने बदरमत संख्या ८० रहेको छ। अहिले धनगढी वडा नं. १ त्रिनगर मावि मतदान केन्द्रको मत गणना भईरहेको छ ।