कैलाली। कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कडेल अग्रता लिएका छन् । शनिबार जारी रहेको मतगणनामा एमालेका पदम सिंगाललाई पछाडि पार्दै कडेलले अग्रता लिएका हुन् । १०५ मत गन्दा कडेलले ५९ मत ल्याउँदा सिंगाल ३० मत ल्याएका छन् ।
यस्तै राप्रपाका सुवास कुवरले ३, मौलिक जरोकिलोकी सावित्री गिरी र स्वतन्त्र उम्मेदवार भान बहादुर ठगुन्नाले अहिले सम्म मत पाउन सकेका छैनन् । यस्तै उपप्रमुखमा काँग्रेसका भोज बहादुर बमले ५१ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ति देवी सिंहले ३२ मत ल्याएकी छन् । यस्तै राप्रपाका कमला बोहराले ५ मत ल्याएकी छन् ।
यस्तै वडा लनम्बर १ को अध्यक्षमा काँग्रेसका डबल बहादुर दियाकोटीले ३५ मत ल्याएका छन् भने एमालेका जुद्ध बहादुर साउदले ३४ मत ल्याएका छन् । यस्तै एकीकृत सामाजवादीका महादेव जैसीले १७, राप्रपाका अमृत बहादुर शाहीले ९ र स्वतन्त्र उम्मेदवार जगत राम चौधरीले ३ मत पाएका छन् ।