सुदूरपश्चिम। निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पूरा भइसकेको बताए । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनअवधि सुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि सुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिताको पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए ।
स्थानीय तह निर्वाचन २०७९ को मतदान वैशाख ३० गते विहान ७ बजेदेखि हुने छ। अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निर्वाचन अधिकृतका कार्यलयहरु आफ्नो तयारीमा जुटेका छन्। विषेशगरी प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ । यस्तै,सुदूरपश्चिम प्रदेशमा स्थानिय तहको निर्वाचनलाई केन्द्रित गरी शुरक्षा ब्यवस्था चुस्त दुरुस्त पारिएको हो । बिहीबार दिउँसोतिर पानी परे पनि मतदान केन्द्रमा तयारी पूरा भइसकेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । प्रदेशका ३ सय २७ वटा मतदान केन्द्रलाई अति सम्बेदनशिल मानेर शुरक्षा ब्यवस्था कडा पारिएको हो। प्रदेशका ८८ वटा स्थानिय तहमा १ हजार १ सय ३५ मतदान केन्द्र र २ हजार १ सय ३ मतदान स्थल छन् । यी सबै मतदान केन्द्रमा ४ वटै शुरक्षा निकाय करिब २५ हजार सुरक्षाकर्मी परिचालन छन् ।
सुदूरपश्चिम प्रदेशमा १ उप महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका ७ सय ३६ वडा छन् । प्रदेशभर १ हजार १ सय ३५ मतदान स्थल मध्ये ३ सय २७ वटा अति सम्बेदनशिल, ४ सय ९० सम्बेदनशिल र ३ सय ९८ लाई सामान्यमा राखिएको छ । शुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी दोस्रोमा म्यादी प्रहरी, तेश्रोमा सशस्त्र प्रहरी र चौथोमा नेपाली सेना रहने छ । यस्तै राष्ट्रिय अनुसन्धानको टिमले सुचना सहजतामा सघाउने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका बरिष्ठ प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिए। प्रदेशमा ६ हजार १ सय नेपाल प्रहरी, १० हजार १ सय म्यादी प्रहरी, ४ हजार सशस्त्र प्रहरी र करिब ५ हजार बढी नेपाली सेना खटिने जनाइएको छ । मतदानका दिन तथा मतगणनाका बेला हुन सक्ने बिवादलाई मध्यनजर गर्दै बिषेश शुरक्षा अपनाइएको छ। प्रदेशभर बैसाख ३० गते हुने निर्वाचनका लागी शुरक्षाकर्मी बाहेक ४ हजार बढी अन्य कर्मचारी खटिएका छन् । प्रदेशभर १६ लाख बढी मतदाता रहेका छन् ।
कैलाली- सुदुरपश्चिम प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको छ। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका पनि कैलालीमै भएका कारण यहाँको निर्वाचनलाई बढी महत्वका साथ हेरिएको हो। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्य र नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम सम्पन्न भइसकेको बताए । ‘मतदान केन्द्रमा बुथ निर्माण भइसकेको उनले भने । कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए । जिल्लाका पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था छ । ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ ।जिल्लाका पालिका तहका ६५६ पदका लागि चुनाव हुँदैछ । यसका लागि जिल्लाभरी तीन हजार ७२ जना प्रतिस्पर्धी छन् ।जिल्लाका १३ ओटै स्थानीय तहमा हुने मतगणना स्थलमा पनि सिसिटिभी जडान गरिएको छ। धनगढीको मतगणना उपमहानगरपालिकाकै नयाँ भवनमा हुने बताइएको छ, भने अन्य स्थानीय तहको सम्बन्धित केन्द्रमा नै हुने छ। जिल्लाका सबै स्थानीय तहमा सुरक्षा र पारदर्शी गणनालाई मध्यनजर गरी सिसिटिभीको व्यवस्था गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
कञ्चनपुर-यस्तै ९ स्थानीय तह भएको कञ्चनपुर जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाको मतगणना समन्वय समितिको हलमा हुने बताइएको छ। जिल्लाका बाँकी ८ स्थानीय तहको गणना भने सम्बन्धित केन्द्रमा नै हुनेभएको छ। कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले ‘जिल्लाका ९ ओटै स्थानीय तहमा नै सम्पूर्ण तयारी पुरा भएको बताए । जिल्लामा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । तीमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ छन् । हरेक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन् । जिल्लाभरिका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् । १३२ निर्वाचनस्थलमा ३४१ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि जिल्लामा झण्डै तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ । यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए। भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन भरपर्दोरुपमा सुरक्षाकर्मीलाई खटाइएको उनले बताए। उनका अनुसार म्यादी प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्वाचनको सुरक्षाका लागि खटाइएको छ ।
डोटी-डोटीमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा कूल एक लाख २३ हजार ५५३ जनाले मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लामा ६५ हजार २७१ महिला तथा ५८ हजार २८२ पुरुष रहेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
बैतडी- यसैगरी, बैतडीमा स्थानीय तहको निर्वाचनका लागि २ सय ५ वटा मतदान केन्द्र तोकिएका छन् । ती सबै मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खटिएका छन् । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए । यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन् । स्थानीय तह निर्वाचन २०७९ को मतदान वैशाख ३० गते विहान ७ बजेदेखि हुने छ। अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ।अन्य जिल्लाको केही समयपछि बिवरण प्राप्त हुनेछ