बाजुरा। बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन्। बाजुराको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाले पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको बताए।
Advertisement


मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले जानकारी दिए । कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरी २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भूज ओझाले बताए । थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु