कैलाली। सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुला लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।
Advertisement



बुधवार बिहान १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५.३ स्केलको भूकम्प गएको हो। भूकम्पबाट क्षति भएको विवरण अहिलेसम्म नआएको प्रहरीले जनाएको छ। दार्चुला लगायत सुदूर पहाडका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
Advertisement

Advertisement



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु