काठमाडौँ। सरकारले राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित गरेको छ । गृह मन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
परीक्षणका लागि साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय बढाएको छ । जेठ १ गतेदेखि बिहान ९ः३० बजे सुरु हुने कार्यालय समय बेलुका ५ः३० बजे निर्धारण गरिएको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म हुनेछ ।