दार्चुला। दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडाका ४ वर्षीय अनिलसिंह धामीकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको ज्यान गएको प्रहरीले जनाएको छ।