दार्चुला। ब्यास गाउँपालिका–१ को छाङरु र तिंकर मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ।
स्थलमार्गबाट ब्यासमा पुग्ने नहुँदा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरिएको जिल्ला प्रशासनले जनाएको छ। नेपाली भूमिबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
उनका अनुसार छाङरु र तिंकरको मतदान केन्द्रका लागि आवश्यक मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ। मतदान अधिकृतसहति दुइटा मतदान केन्द्रका लागि ४र४ जना कर्मचारी र सीमा प्रहरीचौकी तिंकरका ७ जना प्रहरी कर्मचारीहरु हेलिकोप्टरमा पठाइएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार छाङरुको कैलाशपति आवासीय विद्यालय केन्द्रमा ३७५ र तिंकरको आवासीय विद्यालय र मोति महिला संघ केन्द्रमा २३१ मतदाता रहेका छन् ।