धनगढी। नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी आउने भएका छन् । भोलि धनगढीमा आयोजना हुन लागेको बृहत् चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा धनगढी आउन लागेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।
आज कैलाली पुगेर उनी धनगढीमा बस्ने छन् । सोमबार धनगढीको भेलालाई सम्बोधन गरे लगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भोलि धनगढी पुग्ने भएका छन्। कैलारी गाउँपालिकाको चुनावी सम्बोधन गर्न उनी बिहानै धनगढी पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि ज्ञवालीले जानकारी दिए । बिहान ९ बजे कैलारी गाउँपालिकाको कार्यक्रम सम्पन्न गरे लगत्तै धनगढीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।कैलालीको कार्यक्रम सम्पन्न भए लगत्तै प्रचण्ड कञ्चनपुर जाने कार्यक्रम रहेको छ ।