कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ को अध्यक्षका लागी युवा नेता धर्म सिहं कुँवरले चुनावी अभियान निकै तिब्र बनाएका छन् । नेकपा माओवादी केन्द्रका गोदावरी नगर समिति अध्यक्ष समेत रहेका कुँवर पार्टीका तर्फबाट वडा अध्यक्षमा निर्वाचन लड्न लागेका हुन् । आगामी बैसाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी उनले चुनावी गतिबिधि निकै तिब्र बनाएका छन् ।
को हुन त कुँवर ?
कुँवर बिगत २० बर्ष देखी राजनिती क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । २०५९ सालमा अखिल (क्रान्तिकारी) सिद्धभगवती निमावि, डडेलधुराको ईकाई अध्यक्ष बनेका थिए । यस्तै २०६० सालमा अखिल(अखिल क्रान्तिकारी) डडेलधुरा जिल्ला एरिया न ५ को सदस्य, २०६१ सालमा अखिल(क्रान्तिकारी) डडेलधुरा जिल्ला सदस्य,२०६३ सालमा अखिल(क्रान्तिकारी) कृष्ण उमाबि गुलरिया, कंचनपुर इकाई सचिब, २०६४ सालमा अखिल(क्रान्तिकारी)दुर्गालक्ष्मी बहुमुखी क्याम्पस,अत्तरिया इकाई सचिब कैलाली जिल्ला सदस्य बनेका थिए ।
यस्तै २०६५सालमा अखिल(क्रान्तिकारी) कैलाली जिल्ला सचिवालय सदस्य,दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष,तत्कालीन नेकपा माओवादी पार्टी सदस्य,२०६७ सालमा पार्टी अखिल(क्रान्तिकारी)क्षेत्र न ५ क्षेत्रीय संयोजक, ईन्चार्ज र प्रस्तावित पार्टी जिल्ला सदस्य, २०६९ सालमा पार्टीको डडेलधुरा जिल्ला सदस्य, २०७० सालमा जिल्ला कमिटी सदस्य,आलिताल गाउँ कमिटी सचिव, अखिल नेपाल शिक्षक संगठन जिल्ला सचिवालय सदस्य,२०७१ सालमा आलिताल गाउँ कमिटी उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, २०७३ सालमा कैलाली जिल्ला सदस्य,अत्तरिया नगर संयोजक,२०७३ सालमा अखिल(क्रान्तिकारी) को केन्द्रिय सदस्य एबम ७ न प्रदेश कार्यलय सचिव, २०७३ गोदावरी नगर कमिटी सचिव एबम जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य, २०७६ सालमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कैलाली जिल्ला सदस्य एबम गोदावरी नगर सह– ईन्चार्ज, २०७८ भाद्र १० गते नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गोदावरी नगर सम्मेलन आयोजक समिति सदस्य एबम जिल्ला समन्वय समिति सदस्य बनिसकेका छन् ।
उनि युवाहरुमाँझ निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् । पढेलेखेको युवाले जनप्रतिनिधी बने अहिलेको युग सुहाउँदो बिकास गर्न सकिने कुँवर बताउँछन् । उनले एक पटक जनताको सेवा गर्ने अवशर जुराउन समेत आग्रह गरेका छन् ।