धनगढी। धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले मूल निर्वाचन परिचालन कमिटी धनगढीले मेयरका उम्मेदवार रणबहादुर चन्द र उपमेयरका उम्मेदवार कन्द्रकला रानाले गर्ने आगामी ५ वर्षसम्मका कार्य योजनाबारे विस्तृत १६ बुँदे विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नीति, योजना र कानुन निर्माण, गुणस्तरीय शिक्षाको आधार प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपाल: स्वस्थ नेपाली, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, उन्नत कृषि किसानको समृद्धि, सहज आवागमनको आधार दिगो यातायातको पूर्वाधार छन् ।
यस्तै आधुनिक उर्जाः उज्यालो पालिका, औद्योगीकरण र आर्थिक बृद्धिः स्वदेशमै रोजगारी सम्मान र समृद्धि, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा, युवा खेलकुद तथा मनोरञ्जन, भूमि तथा आवास व्यवस्थापन, मौलिकता र संस्कृतिस् पर्यटनबाट समृद्धि, जलवायु अनुकूलन र विपद् व्यवस्थापनस् विकास र वातावरणबिच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार मेलमिलाप, न्याय र मानवअधिकार, आधुनिक विकासको आधार सूचना तथा सञ्चार र अन्य क्षेत्र गरी १६ वटा कार्यक्षेत्र निर्धारण गरिएका छन् । एमाले धनगढीले सार्वजनिक गरेको १६ बुँदे चुनावी प्रतिबद्धतापत्र (पूर्ण पाठ)