कैलाली। कैलालीको टीकापुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत रहेका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ कर्मीडाँडाका १९ वर्षीय कुलराम भन्ने कबिर चौधरी, खक्रौला बस्ने २३ वर्षीय प्रकाश बिक, बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका–५ जेरा घर भइ हाल टीकापुर नगरपालिका–१ ब्लक नम्बर १३ बस्ने १८ वर्षीय रोहन सिंह, टीकापुर वडा नम्बर ९ पायलगाउँ बस्ने १९ वर्षीय रिगल भन्ने रमेश साउँद र भारतको लखिमपुर खिरी ग्राम पञ्चालयत ईन्द्रनगर गाउँ पोष्ट सुरतनगरका १८ वर्षीय हरप्रित सिंह सरदार रहेका छन्।
उनीहरुको साथबाट नेट्राभेट ट्याबलेट १३० थान, स्पास ट्याबलेट ९ थान र दुई ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई टीकापुर नगरपालिका–९, खक्रौलास्थित नेपाल भारत सिमानाकामा रहेको प्रहरी चेक पोष्ट नजिक सडकखण्डमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।