कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध चरेश र ट्याप्लेटसहित ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले शनिवार तीन जनालाई लागुऔषधसहित प्रहरी टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ।