कैलाली। कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको मोहोन्याल गाउँपालिका वडा नम्बर ७ एमपी बजारका ४८ वर्षीय बमबहादुर माझीको मृत्यु भएको हो।
उनी गहुँ थ्रेसिङ गर्दा खुट्टा बेरिएर चोटपटक लागि घाइते भएका थिए। उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।