धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ ।पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले मार्ट आयोजना गरिएको हो।
मार्टको आज एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उद्घाटन गरेका छन्। सो क्रममा उनले सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको बताए । नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिम धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत (आज)२५ देखि २७ गतेसम्म प्रथम पर्यटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना भएको छ ।
मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने संयोजक मायाप्रकाश भट्टले बताए । दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।
तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायी, टुर तथा ट्रेकिङ गाइडहरु, टुर अपरेटर, छापा एवम् डिजिटल सञ्चारमाध्यमसहित पर्यटन व्यवसायमा आबद्ध करिब तीन सय अतिथि आमन्त्रण गरी व्यावसायिक अन्तरक्रियामार्फत पर्यटन बजारमा प्रदेशका पर्यटकीय उपजहरुलाई प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । मार्टका लागि सातै प्रदेशका एक÷एकवटा, सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाका लागि एक/एक गरी १६ कक्ष निःशुल्क रहने र बाँकी १४ कक्ष आफ्नो व्यवसाय प्रवद्र्धन गर्न चाहने स्वदेशी तथा विदेशी व्यवसायीलाई बुकिङका लागि खुला गरिएको छ । कार्यक्रमको आयोजनाका लागि करिब ५५ लाख जति अनुमानित खर्च हुने जनाइएको छ ।सोही अवसरमा आज बिहान १० बिहान ८ः३० बजे फारवेष्ट ट्राभल मार्ट नेपाल राष्ट्र बैकको दक्षिणतर्फ रहेको सचिवालयबाट ¥याली सुरु भई बनदेवी मन्दिर हुँदै होटेल रुवससम्म पुगेको थियो ।