धनगढी : २०७४ सालको स्थानिय तहको निर्वाचनका बेला उम्मेदवारहरुबाट जग्गाधनी प्रमाणपत्र पाउने आश्वासन पाएका कञ्चनपुरको पुनर्वास नगरपालिकाबासीले अझै जग्गाधनी प्रमाणपत्र पाउन सकेका छैनन् ।
स्थानिय निर्वाचन फेरी नजिकिदै गर्दा समेत जग्गाधनी पुर्जाका लागी कुनै प्रकृया अगाडी नबढाएको भन्दै पुनर्वास नगरभित्रका सुकुम्बासीहरुले आक्रोस पोखेका छन् । लालपुर्जा वितरण गर्ने चुनावी नारा मात्रै हुन थालेपछि उनिहरुले आगामी स्थानिय तहको निर्वाचन अघी नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
बिभिन्न पालिकाहरुले अस्थाई लालपुर्जा वितरण गरी नापनक्सा गरिसक्दासम्मपनि कञ्चनपुरको पुनर्वास नगरपालिकाले कुनै प्रकृया अगाडी नबढाएको भन्दै भुमिहिन सुकुम्बासीहरु आक्रोसित भएका छन् । निर्वाचनका बेला जग्गाधनी प्रमाणपत्र दिएर सबै जनतालाई जमिनको मालिक बनाउने आश्वासन दिएका जनप्रतिनिधीहरुले अहिलेसम्म कुनै प्रकृया नबढाएको भन्दै उनिहरु आक्रोसित छन् । २०३१ सालदेखी पुनर्वास नगरपालिकामा बस्दै आएका भुमिहिन, सुकुम्बासी, अब्यवस्थित बसोबासी र आरक्ष पिडितहरुलाई सरकारले उपेक्षा गरेको उनिहरुले गुनासो गरेका छन् । जग्गाधनी पुर्जाका लागी नगरपालिकामा निकै दवाव दिदा समेत सुनुवाई नभएको उनिहरुले बताएका छन् । फेरी आउँदो स्थानिय तह निर्वाचनमा त्यही बाचा लिएर नेताहरु आउने भए गाउँ नआउन उनिहरुले चेतावनी दिएका छन् ।
हामीले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई समेत जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थियौँ सुकुम्बासी संघर्ष समिति संयोजक पुनर्वास नगरपालिका कञ्चनपुरका संयोजक जगत बहादूर साहायकले भने “न त्यो बेला सुनुवाई भयो न अहिले केन्द्रबाट भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरी प्रकृया अगाडी बढाएको होला तर हाम्रो पुनर्वास नगरपालिकाले किन कुनै प्रकृया अगाडी बढाएन ।”
अस्थाई लालपुर्जाको तयारी छ की नयाँ लालपुर्जानै वितरण गर्ने छ हामीलाई कुनै जानकारी छैन उनले भने “पुनर्वासमा मात्रै करिब ६ हजार अब्यवस्थित बसोबासी तथा भुमिहिन हुनुहुन्छ यिनको ब्यवस्थापनका लागी समयमै काम शुरु नगरी राजनितिक स्वार्थ लिनमा मात्रै नगरपालिकाका जनप्रतिनिधी लागेका छन् ।”
पुनर्वास नगरपालिकाले राष्ट्रिय आवास कम्पनिको जग्गा प्राप्तीको कारण देखाउँदै जग्गाधनी पुर्जा वितरणको प्रकृया शुरु गर्नबाटै पछि हटेको पुनर्वास नगरपालिका वडा नम्बर १० का बल बहादूर बिष्टले बताए । बिबिध कारण देखाउँदै जनतालाई ठग्ने काम भएको भन्दै उनले वास्तवीकता स्थानिय जनप्रतिनिधीले बाहिर ल्याउनुपर्ने माग गरेका छन् ।
बषौँदेखी जग्गाधनी पुर्जा पाउने आसमा बसेका नागरिकहरु चुनावी नारामा मात्रै सिमित हुन थालेपछि निराश छन् । जग्गाधनी पुर्जा नहुँदा न कुनै ब्यवसाय, न बालबालिकाको राम्रो पढाइनै गर्न पाएका छन् । जग्गाधनी पुर्जा उपलब्ध भए सामान्य लघुबित्तबाट श्रृण निकालेरै आय आर्जन तर्फ लाग्न सकिने हुँदा पुर्जा उपलब्ध गराउन उनिहरुको माग छ ।
स्थानिय भावना खड्काले भनिन् “हामीसंग जग्गाधनी पुर्जा भएको भए छोराछोरी पढाउन बैकंबाट श्रृण निकालेरै भएपनि सक्थ्यौँ, केही ब्यवसाय गर्नका लागी भएपनि धितो राखेर श्रृण निकाल्न त हुन्थ्यो जग्गामा बसेपनि त्यो जग्गा आफ्नो छैन कतिबेला कसले हटाउने हो भन्ने डर मात्रै छ ।”
पुनर्वास नगरपालिकाले समयमै पुर्जा वितरण शुरु नगरे आन्दोलनमा उत्रिने र चुनावमा सहभागी नहुने दावी गरिरहेका छन् । नगरपालिकाले भने अस्थाई पुर्जा वितरणको तयारी भएको र लगत्तै नापनक्सा गरी पुर्जा दिइने दावी गरेको छ ।