धनगढी। कैलालीको धनगढीमा ३६ लाख बराबरको सुनचाँदीका गहना बरामद गरिएका छन् । धनगढी उमहानगर–२ मित्रनगरबाट भन्सार छलीका ३६ लाख ८ हजार ३९० मूल्य बराबरका सुनचाँदीका गरगहना बरामद गरिएका हुन्।
सोमबार संयुक्त रुपमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट सुनचाँदीका गरगहना बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटरका अनुसार ४३१ ग्राम सुन २०७ ग्राम चाँदीका गहना बरामद गरिएको हो । बरामद गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाउने तयारी रहेको हेडक्वाटरले जनाएको छ ।


