कैलाली। मेगा बैँक अत्तरिया शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ। बिहिवार मेगा बैँक अत्तरिया शाखाको आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १ दिने सचेतना कार्यक्रम गरिएको हो।
आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट हुनुहोस् (Build your future, be smart about money) भन्ने मुल नारानारा सहित बिहिवार वित्तिय साक्षरता सम्बन्धी १ दिने सचेतना कार्यक्रम गरिएको पहलमानपुर मेघा बैङ्कका शाखाका ईन्चार्ज दुर्गा दत्त भट्टले जानकारी दिए । १० औँ ग्लोवल मनी विक २०२२ मनाउने क्रममा घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा रहेको कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ।विद्यालयमा अध्यनरत कक्षा १२ का विद्यार्थीहरुसंग वित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो। मेगा बैंक अत्तरियाका शाखा प्रमुक्ज पदम बहादुर चन्द र पहलमानपुर काउन्टरका इन्चार्ज दुर्गा दत्त भट्टले प्रशिक्षण दिनुभएको थियो । बित्तिय शिक्षाबाट साधनको उपयोग र बचत सीप प्राप्तगरी कमाउने बचाउने,खर्चगर्ने,रीण लिने र लगानी लगाउने जस्ता कार्यहरु सम्पादन गर्ने तथा सेयर खाता सम्बन्धीलगायत प्रशिक्षण दिइएको थियो । वित्तिय साक्षरता कार्यक्रममा मेघा बैङ्कक अत्तरिया शाखाका प्रमुख पदम बहादुर चन्द र पहलमानपुर मेघा बैङ्कका शाखाका ईन्चार्ज दुर्गा दत्त भट्ट तथा सुदुर पश्चिम प्रदेशका DRM बरुण शाहको सहभागीतामा कार्यक्रम गरिएको थियो ।उक्त वित्तिय साक्षरता कार्यक्रममा कक्षा १२ मा अध्यनरत ३०० जना विद्यार्थीहरुको उपस्थितीका कार्यक्रम गरिएको आयोजकले संस्था जनाएको छ। मेगा बैंकले समय समयमा बित्तिय साक्षरता सम्बन्धी तालिम दिदै आएको छ ।