कंचनपुर । विभेद अन्त्यका लागि तिनै तहको सरकार गम्भीर बन्नुपर्ने संविधानसभा सदस्य एंव दलित आन्दोलनका राष्ट्रिय अगुवा हरि श्रीपाईलीले बताएका छन् ।
कंचनपुरको भिमदत्तनगरमा ५७ औ अन्तराष्टिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवस र्याली एंव प्रतिबद्धता कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका संविधानसभा सदस्य एंव दलित आन्दोलनका राष्ट्रिय अगुवा श्रीपाईलीले दलित समुदाय माथि अझै पनि जातीय विभेद तथा मानवअधिकार हननका तमाम घटनाहरु घट्ने गरेको बताउदै त्यस्ता घटनाहरुको अन्त्यका लागि तिनै तहको सरकार थप जिम्मेवार बन्नुपर्ने जानकारी दिए।
पूर्व साँसद श्रीपाईलीले जातिय बिभेद अन्त्य समतामूलक न्यायिक समाज निमार्ण र दलित एंव सिमान्तकृत समुदायको अधिकार र समग्र विकासका लागि प्रदेश सरकारले दिर्घकालिन ठोस नीति तथा कार्यक्रम अभियानकै रुपमा संचालन गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा कंचनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय,भिमदत्त नगरपालिका उपप्रमुख शुसिला चन्द,कंचनपुर प्रहरी प्रमुख श्याम सिँह चौधरी, नेपाल दलित संघका अध्यक्ष गणेश नेपाली,दलित नेता हिरा सार्की लगायतकाले मन्तब्य व्यक्त गरे। कार्यक्रममा बक्ताहरुले दलित समुदायको पक्षमा बनेका ऐेन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।कार्यक्रम कंचनपुर स्थित दलित एंव सिमान्तकृत समुदायको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको थियोे ।

