दार्चुला। दार्चुलामा पसलबाट ठूलो मात्रामा चरेश बरामद गरिएको छ । दार्चुलामा प्रहरीले शुक्रवार ठूलो मात्रामा लागूऔषध (चरेश) बरामद गरेको हो।
दार्चुलाको महाकाली नगरपालिका–४ तितरसैनस्थित एक पसलबाट करिब एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बिक्री गर्ने उद्धेश्यले राखिएको अवस्थामा चरेश बरामद गरिएको हो । खुला सीमानाका कारण दार्चुलाबाट भारततर्फ अवैध लागूऔषध चरेश तस्करी हुने गरेको छ।