अछाम । अछामको कैलास खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अछामको मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटना हुदाँ मंगलसेन नगरपालिका ९ ओलिगाउका बर्ष ४० बर्षिय माधव शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार से६प १८९९ नम्बरको दुर्घटनामा परि मंगला नेरा मावि ओलिगाउका लेखापाल शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल सडकबाट ५० मिटर तल खसेको छ। घटनामा केहि शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।